२४ औं आदिवासी दिवसमा प्रधान सम्पादक सम्मानित


प्रमुख अतिथिबाट सम्मान पत्र ग्रहण गर्दे प्रधान सम्पादक ।

सुर्खेत २४ साउन । बिगत लामो समय देखि सुर्खेत जिल्लामा संचालन हुदै आएको त्रिरत्ना मिडिया प्रा.लि.द्वारा सञ्चालिन हुदै आई रहेको दत्रिरत्ना अनलाईन खबरका प्रधान सम्पादक सम्मानि हुनु भएको छ ।

“अधिकार प्रतिनिधित्व स्वायत्त, स्वशासनका लागि आदिवासी जनजातीको अडान ।
मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान ।।”
भन्ने मुल नाराका साथ बिश्व व्यापी रुपमा मनाईएको २४औं बिश्व आदिवासी दिवस २०७५ सालको अवसरमा प्रधान सम्पादक प्रवासकुमार शाक्य सम्मानित हुनु भएको हो ।
सुर्खेत जिल्लाको खुल्ला मञ्चमा आयोजित जनजातीहरुको बिशेष कार्यक्रम २४औं बिश्व आदिवासी दिवसको अवसर पारी कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय उपसभामुख पुष्पा घर्ती मगरले उहांलाई दोसल्ला सहित प्रमाण पत्रबाट सम्मानित गर्नुभएको हो ।

कर्णाली प्रदेशका माननीय उपसभामुख पुष्पा घर्ती मगर

शाक्यले यस प्रदेशकै सबै भन्दा धेरै ६० पटक रक्तदान गरे वापत सम्मानित हुनु भएको हो । उहांका श्रीमती १ छोरा र छोरी छन् भने उहां सामाजिक कार्यमा समेत अग्रसर हुनु हुन्छ । आजको कार्यक्रममा सम्मानित हुनु भएको दत्रिरत्ना अनलाईन खबरका प्रधान सम्पादक प्रवासकुमार शाक्य नेवाः देय दबू जिल्ला कार्य समितीको कोषाध्यक्ष, नेपाल आदिवासी पत्रकार महासंघ सुर्खेतको अध्यक्ष समेत हुनुहुन्छ ।