मानव आश्रम सुर्खेतद्वारा ५ जना सडक मानवहरुको उद्दार


तस्विरः मानव आश्रम फेसबुकबाट ।

फागुन,४ सुर्खेत । सांचो निर्माण अभियान अन्तर्गत विभिन्न रचनात्मक एवं बिचार शुद्धिकरणका लागी संचालन गरेको एक संस्थाले आफ्नो शनिबार(आज) वीरेन्द्रनगर नगरपालिका वडा नंं १० स्थीत देउती बज्यै मन्दिर परिसर र ३ जना र स्थानिय एरिचौकबाट २ जना मानसिक सन्तुलन कमजोर भएका सडकमानवहरुलाई जिल्ला प्रहरी कार्यालय,सुर्खेतको सहयोगमा उद्दार गरि मानवसेवा आश्रममा लगिएको छ ।

मानव आश्रम सुर्खेत शाखाका प्रमुख सृजना ओलीका अनुशार, सडक पेटी एवंम् सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गर्न विवश असहाय, अनाथ, अपांग, अशक्त का साथै मनोरोगी मानवहरुको सेवा गर्ने उद्धेश्यका साथ मानव आश्रम सुर्खेतको े स्थापना गरिएको बताउनु भयो ।

तस्विरः मानव आश्रम फेसबुकबाट ।

उहांका अनुशार गत माघ १८ गते आश्रम शाखाको स्थापना भए देखि हाल सम्म विभिन्न स्थानबाट ९ जनालाई आश्रममा आश्रए दिएता पनि ४ जनालाई परिवार र आफन्तको जिम्मा लगाई सकेको र हाल ५ जनाले आश्रय लिईरहेको बताउनु भयो । उहांले उदारमना,परोपकारी नेपाली मनहरुको माया,प्रेम र साथबाट सञ्चालन भईरहेको मानवसेवा आश्रमलाई सहयोगका गर्नका लागी अनुरोध समेत व्यक्त गर्नु भयो ।