ग्रिन सुर्खेत बनाउने अभियान शुरु


सुर्खेत, २५ साउन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई स्वच्छ, सफा र हरियाली शहर बनाउन ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियानको थालनि भएको छ । वाइन्स फाउण्नेशन सुर्खेतको आयोजनामा शनिवार (आज) देखी सो अभियान शुरु गरिएको हो ।

वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहरको रुपमा विकास गर्ने हेतुले अभियानको थालनी गरिएको वइन्स फाउण्डनेशनका अध्यक्ष डाक्टर नवराज केसीले जानकारी दिए ।

केसीका अनुसार यो अभियानले वीरेन्द्रनगरका सडकहरुको फोहोर उठाउने मात्र नभइ फोहोरी मानसिकताको अन्त्य गर्न का लागि फाउण्डेशका पदाधिकारी मात्रै नभई अन्य व्यक्तिहरुको सहभागीतामा फोहोर उठाउँन थालिएको छ ।

अभियानले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई परामर्श गर्दै शनिवार वीरेन्द्रनगरको वडा नम्बर ६ मा सरसफाई गरिएको थियो । फाउण्डेशनले क्लिन क्लब सञ्चालनमा ल्याएर मान्छेहरुको फोहोरी बानीलाई हटाउने केसीको दावी छ । अभियान्ता समेत रहेका डा. केसीले ग्रिन वीरेन्द्रनगरका लागी तत्काल भर्टिकल गार्डेन निर्माण गर्दा पर्यावरण समेत सफा हुने बताए ।

बालरोग विषेशज्ञ समेत रहेका डा. केसीले बर्षायाम शुरु भएसंगै मौसमी रोगहरु बढेको र त्यसको प्रमुख कारण घर वरपरको फोहोर नै भएको बताए । अभियानमा वीरेन्द्रनगर वडा नम्बर ६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले ‘गो क्लिन, गो ग्रिन सुर्खेत’ अभियान निकै उत्कृष्ट भएको बताए ।

उनले वडा नम्बर ६ कार्यालयले यो अभियानमा पूर्ण साथ दिने प्रतिवद्धता जनाए । वडा कार्यालयले हरेक हप्ताको शनिबार फरक फरक ठाउँमा अभियान सञ्चालन हुने भएकाले अभियानहरुलाई साथ दिन आमनगरिकहरुलाई आग्रह छ ।

अभियानमा वीरेन्द्रनगर वडा नम्बर ६, वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१८, उषा बालबाटिका माध्यामिक विद्यालय, शान्तिनगर टोलबिकास संस्था, सुर्खेत महिला जेसिज, फ्यूचर नेपाल, क्यान सुर्खेत, विभिन्न लियो तथा लायन्स क्लव लगायतले सहभागीता जनाएका छन् ।
साभारः पश्चिमनेपाल ।