हाम्रो उचित व्यवस्थापन नभए कहां जानेः संस्थापन अध्यक्ष माया प्रसाद जैसी
मिलन श्रेष्ठ
१४,चैत्र सुर्खेत
नेत्रहिन सेवा संघ सुर्खेतले विभिन्न ३ बुद्धे मागहित आज(बुधवार) मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
संघले अपङ्गता भएका व्यक्तिहरुको आवासको ग्यारेन्टी गरिनुपर्ने, अपङ्गता भएका व्यक्तिहरुले दर्ता गरेका उद्योगहरुलाई पुर्णरुपमा अनुदानको ग्यारेन्टी गरिनुपर्ने र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइनुपर्ने माग राखेका छन् ।
नेत्रहिन सेवा संघका संस्थापन अध्यक्ष एवंम् सचिव, माया प्रसाद जैसी जिल्ला स्थीत नगरपालिका, नगरबिकास र क्याम्पसले आफ्नो हाता भित्रको जग्गामा वसोवास गर्दे अईरहेको नेत्रहिन व्यक्तिहरुलाई जबरजस्ती उठाउन लागेकोमा चिन्ता व्यक्त गर्दे हामी नेत्रहिनहरुलाई राज्यले सम्मान दिन नसकि रहेको अवस्थामा अन्य सर्वसाधारणहरुले के सम्मान गर्ला । उनले थपे, २०६९ सालमा नेपाल सर्वाेच्च अदालको निणर्य अनुशार, अपांगता भएको व्यक्तिहरुको क वर्गलाई जनहि ५ हजार र ख वर्ग भएकालाई ३ हजार दिने भनि गरको निर्णलाई नेपाल सरकारले हाल सम्म पुरा नगरेकोले अब उक्त निर्णलाई सरकारले कार्यान्वयनमा ल्याउन जरुरी छ ।
संघ सुर्खेतले अपाङ्गता भएका ब्यक्तिलाई अन्य नागरिक सरह सम्मान र ब्यवहार नभएको र संविधानमा आवासको ग्यारेन्टि गरिएता पनि त्यो अनुसारको आफुहरुले सेवासुविधा नपाएको साथै अपङ्गता भएका व्यक्तिहरुको आवासको ग्यारेन्टी गरिनुपर्ने, अपङ्गता भएका व्यक्तिहरुले दर्ता गरेका उद्योगहरुलाई पुर्णरुपमा अनुदानको ग्यारेन्टी गरिनुपर्ने र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइनुपर्ने माग राखेका छन् ।



Milan Shrestha । १४ चैत्र २०७४, बुधबार १५:०८ बजे