इक्राध्दारा स्वाथ्यकर्मी सिमा सम्मानित


बाँके,२६ साउन । नेपाल एक्रा एजुकेशनल फाउन्डेसन बाकेको ९ औ बार्षिक साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ।

फाउन्डेशनका अध्यक्ष सक्ति कुमार बसाँकरको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा गैरसरकारी सँस्था महासँघका अध्यक्ष सपना भटराइको प्रमुख आतित्थतामा सम्पन्न भएको साधारण सभामा सस्थालाई कानुनी रुपमा सहयोग गरेको भन्दै अधिवक्ता विश्वजित तिवारीलाइ दश हजार नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

यसै गरि साधारण सभामा मुस्लिम समुदायबाट सरकारी स्वास्थ्य क्षेत्रमा प्रवेश गरी अति दूर्गम स्थानमा गई सुत्केरी अवस्थामा समेत जनताहरुको सेवा गर्दै आएको सिमा घर्ती मगर खान लाई सम्मान गरिएको थियो। सम्मान पश्चात खानले आफु सरकारी सेवा रहेको अवस्थामा पनि संस्थामा आबद्धता नभई संस्थागत रुपमा जनताहरुको सेवा गर्ने अवसर दिएको भन्दै धन्यबाद समेत व्यक्त गर्नु भएको थियो ।
सस्थाकी सचिव साहिरा बानुका अनुशार यस संस्थाले शिक्षा स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गरिरहेको जानकारी समेत गराउनु भयो ।

प्रमुख अतिथि सपना भट्टराईले बिपन्न समुदायका लागि एक्राले गरी रहेको कामले आफुलाई प्रभाबित बनाएको भन्दै भबिष्यमा साथ दिने बताउनु भयो ।

यस्तै अधिवक्ता विश्वजित तिवारीले आफुलाई सम्मान गरेको भन्दै संस्थालाई कानुनि रुपमा साथ दिन तयार रहेको बताउनु भयो । साथै नरैनापुरलाई प्राथमिक्ता दिन सुझाव दिनु भएको थियो ।
साधारण सभाको अवसर पारी सस्थाले कम्प्युटर र सिलाई तालिम प्राप्त गरेकाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सभालाई समापन गर्दै शक्ति बंशकारले एक बर्षमा एक करोड बराबरको काम गरेको बताउनु भएको थियो ।