श्रावण २९, नवलपरासी
अज्ञात समूहले महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको गैंडाकोटमा रोकिराखेका २ वटा ट्रकमा आगजनी गरेका छन् । महेन्द्रराजमार्गको रत्न पेट्रोलपम्प नजिक रोकिरहेको ना२ख २५४८, ना२ख ८४८७ पराल बोकेको गाडिमा आगजनी गरेको हो ।
सोमबार राति १ बजेतिर मुख छोपेर आएका ४ जनाले गाडिमा आगजनी गरेर भागेका थिए। प्रहरीको सीसीटीभीमा आगजनी गर्नेहरुको गतिबिधि देखिएपछि तत्काल पुगेको प्रहरीले नारायणी नदी किनारमा ट्रक लगेर दमकलको सहयोगबाट आगो निभाएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ। प्रहरीको सक्रियताकाले दुवै ट्रकको इन्जिन जोखिएको छ।
राजमार्गमा राखेको सीसीटीभी क्यामेरामा आगजनी गर्नेहरुको गतिबिधि देखिएका कारण उनीहरुको पहिचान हुने प्रहरीको दाबी छ। मंगलबार बन्कदको आव्हान गरेको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगजनी गरेको प्रहरीको भनाई छ। कान्तिपुरअनलाइनबाट




Milan Shrestha । २९ श्रावण २०७५, मंगलवार ०६:५७ बजे