सुर्खेत अनलाइनबजारद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण


३० बैशाख, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणकालागि वीरेन्द्रनगरको घण्टाघर स्थित क्वारेन्टाइनमा बसेका नागरिक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुकालागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

क्वारेन्टाइनमा बसेका नागरिकलाई स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले विजनेस अनलाइन सेवा प्रा.लि. सुर्खेतद्वारा सञ्चालित सुर्खेत अनलाइनबजार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सुर्खेत अनलाइन बजारका संञ्चालक पवन पौडेलले सर्जिकल मास्क, सेनिटाइजर तथा ग्लोभ्स लगायतका सामग्री जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतन निधि वाग्ले मार्फत हस्तान्तरण गरिएको बताउनुभयाे ।