एेतिहासिक शिव मन्दिर सरसफाई


९ असोज । सुर्खेत । वीरेन्द्रनगरको लाटीकोइली सुर्खेत स्थित एेतिहासिक शिव मन्दिर आज नेपाली सेना र नेपाल प्रहरीद्वारा सर सफाइ गरिएको छ ।

नेपाल सेनाका ४०० जवान तथा नेपाल प्रहरीका करिव ५० जवानहरु सरसफाईमा सहभागी भै एेतिहासिक शिव मन्दिर सरसफाई गरिएको वडा नं ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

वेला वेलामा विभिन्न चाड पर्वको मौका पारि सुरक्षा निकायद्वारा विभिन्न मठमन्दिरहरु सरसफाई गरिरहेको र यस्तो कार्यमा सम्पूर्णलाई लाग्न नेपाल प्रहरीका ६ नंम्बर प्रदेशका प्रहरी अतिरक्त महानिरिक्षक रणबहादुर चन्दले बताउनुभयो ।

कार्यक्रममा वडा नं ९का बौद्ध टोल विकास संस्थाका अध्यक्ष प्रवाशकुमार शाक्य, सत्यनाराण टोलका अध्यक्ष दलबहादुर खत्री काँक्रेविहार टोलका अध्यक्ष बालकृष्ण श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो