लोकतन्त्रको सबै भन्दा सौन्दर्य कानुनको सासन हो – मन्त्री रावल


सुर्खेत,१ भदौ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले लोकतन्त्रको सबै भन्दा सौन्दर्य आधार कानुनको सासन भएको बताएका छन् ।
शुक्रबार देखि सुरु भएको नेपालको नयाँ ऐन देवानी तथा फौजदारी संहिता प्रारम्भको अवसरमा भएको कार्यक्रममा मन्त्री रावलले यस्तो बताएका हुन् । मन्त्री रावलले कानुन पालना गर्नु सबैको दाहित्व भएको बताए । कानुनको सासन परिपालना गरे अन्याय नहुने विश्वास व्यक्त गरे । अबका दिन देखि सबै कुराहरुमा परिवर्तन गर्नु आवश्क भएको भन्दै रावलले त्यसको लागि सबै कानुनको पालना गर्नु पर्ने बताए । देवानी तथा फौजदारी संहिता ऐतिहासिक भएको भन्दै मन्त्री रावलले यसको असल तरिकाले कार्यान्वयन गर्नु पर्ने बताए ।
कार्यक्रममा देवानी तथा फौजदारी संहिताको बारेमा जानकारी दिदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (कानुन) कलानिधि पौड्यालले नेपालको कानूनको क्षेत्रमा प्रयोगमा रहेका अभ्यासको साथसाथै देवानी तथा फौजदारी कानूनको क्षेत्रमा विकसित नवीनतम मान्यताहरुलाई समेत संहिताहरुमा समावेश गरिएको जानकारी दिए । मुलुकमा हाल सम्मकै लामो ऐन कार्यानयनमा आएकोमा भन्दै सचिव पौड्यालले यसको सफल कार्यनयनमा लाग्नु पर्ने बताए ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय संहदरबारले सहयोग गरेको कार्यक्रमको मुख्यमन्त्री तथा मन्त्रिपरिष्द कार्यालय, आन्तरीक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले आयोजना गरेको थियो । कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरु, कर्मचारीहरु तथा अन्य विभिन्न मानिसहरुको सहभागिता रहेको थियो ।

साभारःनेपालगाथा ।