नगरपालिकामा ५० लाखको राहत कोष


मनिराज पाण्डे/कालिकोट
६ बैशाख, कालिकोट कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नकालागि खाँडाचक्र नगरपालिका कालिकोटले विपद राहत कोषको स्थापना गरेको छ ।

नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ५० लाखको राहत कोष स्थापना गरेको हो । आवश्यकता अनुसार राहतकोषका बजेट थप गर्न सकिने समेत निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क उपाध्यायले बताउनु भयो । दैनिक जीविकोपार्जन गर्न मुस्कील भएका ४ सय घर परिवारलाइ नगरपालिकाको राहत वितरण तथा ब्यवस्थापन कार्यविधि अनुसार तत्काल राहत बितरण गरिने नगरपालिकाले जनाएको छ ।