गाउँपालिकाद्वारा विद्यालयको खाता रोक्का, शिक्षकले मनाए रित्तो दशैं


२७ कार्तिक, कालिकोट । महाबै गाउँपालिकाको कतमपुर कालिकोटमा रहेको जगनाथ आधारभूत विद्यालयको बैंक खाता गाउँपालिकाले रोक्का गरिदिएको छ ।

गाउँपालिकाले विद्यालयलाई भवन निर्माण गर्न दिइने रकममा थप १५ लाख बढी कोलेनिकाबाट रकम विद्यालयको खाता जम्मा भएपछि गाउँपालिकाले खाता रोक्का गरिदिएपछि विद्यालयमा तनाव उत्पन्न भएको बताइएको छ ।

विद्यालयका प्रअ जीरबहादुर शाहीले दशैंको मुखमा गाउँपालिकाले खाता रोक्का गरिदिएपछि सम्पूर्ण शिक्षकहरुले रित्तो दशैं मनाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “विद्यालयको खातमा रकम जम्मा भएको खबर आएपछि फिर्ता गर्नकालागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षको हस्ताक्षर चाहिने र आफू पनि काम विषेशले सुर्खेत आएर फिर्ता गर्छु भन्दा पनि दशैंको मुखैमा खाता रोक्का गरिदिएर रित्तो दशैं मनाउन गाउँपालिकाले बाध्य बनायो ।”

प्रअ शाही भन्नुहुन्छ “गाउँपालिकाको लेटरप्याड र छाप तथा हस्ताक्षर प्रयोग गरेर कानुन विपरित काम गर्नेलाई त कार्बाही गर्न नसकि मिलिमोतो गरि बस्ने अनी बढी आएको रकम फिर्ता दिन्छु भन्दापनि रोक्का खाता फुकूवा नगरे सम्म हामीले कसरी रकम फिर्ता गर्ने? हामी फिर्ता गर्ने रकम १५ लाख मात्र रोक्का गरी शिक्षकहरुको तलब खाने वातावरण बनाउनको साटो पुरा खाता रोक्का गर्ने? हामीले फिर्ता गर्ने १५ लाख जम्मा गरेको भौचर दिने हो यसका लागि गाउँपालिकाको लेटरप्याडमा खाता नम्बर उल्लेख  गरेको पत्र हामीलाई दिनुपर्छ ।”