कर्णाली प्रदेशमै पहिलो पटक ग्रास रुट फुटबल प्रशिक्षण गरिदैः अध्यक्ष रावल


सुर्खेत,५ भदौ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमै पहिलो पटक ग्रास रुट फुटबल प्रशिक्षणको आयोजना गर्न लागिएको छ । मंगलबार वीरेन्द्रनगरमा एक कार्यक्रम बिच सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनकबहादुर रावलले कर्णाली प्रदेशमा मात्र नभई यस क्षेत्रमै पहिलो पटक ग्रास रुट फुटबल प्रशिक्षण गर्न लागिएको बताउनु भएको छ ।

अध्यक्ष रावलका अनुशार, प्रशिक्षणको पहिलो चरणमा जिल्ला एवंम् जिल्ला बाहिरका प्याब्सन, एन–प्याब्सन लगाएता सम्पूर्ण बिधालयहरु संग छलफल सहित सहकार्य गरि यहि भदौ २८ गते देखि उक्त प्रशिक्षण शुरु गर्ने बताउनु भयो । उहांले भन्नु भयो, ८ बर्ष देखि १३ बर्ष सम्मका बाल–बालिकाहरुको खेल प्रति रुचि बढाउनका साथै उनीहरुलाई स्वास्थ्य बनाउनका लागि पनि प्रशिक्षणको आयोजना गर्न लागिएको हो, यती मात्र नभई खेल माध्यमबाट पनि बच्चा–बच्चिहरुमा अनुशासित, खेल भावना जगेर्ना गर्नुका साथै उक्त उमेरका बच्चा–बच्चिहरुमा पनि खेल प्रति लगान बढोस् भन्ने उद्धेश्यका साथ उक्त प्रशिक्षणको आयोजना गर्न लागिएको बताउनु भयो ।

यस्तै संघका महासचिव गणेशकुमार कार्कीले खेल प्रशिक्षणको आयोजना गरी फुटबल खेल प्रति सकरात्म प्रतिस्पर्धा गराउने र प्रशिक्षण अवधिभर उत्कृष्ट रहने बाल–बालिकालाई छनौट गरी क्लब, जिल्ला र जिल्ला हुदै राष्टिय स्तरको खेलमा पनि सहभागित गराउने कुरामा जोड दिदै प्रशिक्षणमा सहभागिता जनाउने खेलाडीहरुलाई कुनै पनि शुल्क नलाग्ने र खेल सामाग्रीहरु फुटबल संघले नै उपलब्ध गराउने व्यवस्था रहेको बताउनु भयो ।