
१२ श्रावण, सुर्खेत । वीरेन्द्रनगर ९ लाटिकोइली सुर्खेतमा जारी “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५” मा हिजो श्रावण ११ गते करिव १० लाख रुपैया दान संकलन भएको छ ।
महामहोत्सवमा वीरेन्द्रनगर ७ सुर्खेतका गोविन्द गौतमले ३ लाख ५१ हजार १ सय ५१, वीरेन्द्रनगर ६ का मानकुमारी श्रेष्ठले १ लाख २५ हजार १ सय २५, वीरेन्द्रनगर ६ का रामकुमारी खड्का र डिलुकुमारी खड्का १ लाख १ हजार १ सय ५५ , वीरेन्द्रनगर ९ लाटिकोइलीका विद्याभूषण मानन्धरले १ लाख ११ हजार १ सय ११ सहित करिव १० लाख दान संकलन भएको महामहोत्सव सचिवालयले जनाएको छ ।
Milan Shrestha । १२ श्रावण २०७५, शनिबार ०४:०३ बजे