सुर्खेत-दैलेख सडकमा दुर्घटना, माइक्रोबस र मोटरसाईकल ठोक्किदा दुई जना घाईते


सुर्खेत,६ भदौ । सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत दैलेख जिल्लाको गुरांस गाउंपालिका अन्तर्गत रिठ्ठा नजिकै माइक्रोबस र मोटरसाईकल एक आपसमा ठोकिएर दूर्घटना हुदा दुई जना घाईते भएका छन् ।

दैलेख बाट सुर्खेतका लागि छुटेको बा.४.ख. ५४४१ नम्बरको माइक्रोबस र सुर्खेतबाट जुम्लाका लागि हिडेको लु.४२.प.६९९८ नम्बरको मोटरसाईकल दैलेखको रिठ्ठा नजिकै एक आपसमा ठोक्किएर दूर्घटना भएको रानिमत्ता प्रहरी चौकिका इन्चार्ज भिमबहादुर बस्नेतले जानकारी दिनु भयो ।

बस्नेतका अनुसार, दूर्घटनामा परि घाईते हुनेमा मोटरसाईकलमा सवार जुम्ला हिमा गाँउपालिकाका अध्यक्ष रजबहादुर शाही र सोहि गाँउपालिकका इन्जिनियर ललित रावत रहेका छन् ।

दूर्घटनामा परि सक्त घाईते शाही र रावतलाई, उपचारका लागि सुर्खेत ल्याईएको छ भने माइक्रोबस चालकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ ।

अपडेट

दुर्घटनामा घाइते हुनु भएका हिमा गाँउपालिका जुम्लाका अध्यक्ष शाही र इन्जिनियर रावतको अवस्था अहिले सामान्य रहेको छ ।