
“समृद्ध प्रदेशकालागि शान्ति सुरक्षा, सुरक्षित प्रदेश जनअपेक्षा” नारा कायम
कृष्णराज धमाला
१० फागुन । सुर्खेत । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले युगान्तकारी परिवर्तनलाई संस्थागत गर्न ऐतिहासिक कार्यभार पुरा गर्ने अभियानमा अविचलित भएर लागि पर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
६ नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउन समृद्धिका लागि शान्ति सुरक्षा, डिजिटल प्रदेश निर्माण र कानून मस्यौदा कार्यदल गठन गरी सो कार्यको थालनी गरीएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
शान्ति, सुरक्षा बिना समृद्धि सम्भव नभएको भन्दै मन्त्री भण्डारीले प्रहरी महानिरिक्षक सुरेशविक्रम शाह संयोजक रहेको ५ सदस्यीय समृद्धि लागि शान्ति सुरक्षा, मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा डिजिटल प्रदेश निर्माण र मन्त्रालयका कानून अधिकृत तुलसा गैहृेको संयोजकत्वमा कानून मस्यौदा सम्बन्धी कार्यदलको गठन गरी काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले जनप्रतिनिधि, जर्नालिष्ट र जनताको सहकार्यमा ६ नम्बर प्रदेशलाई सम्पन्न प्रदेश निर्माण गर्ने समेत दाबी गर्नुभयो ।
मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले समृद्धिको सपना अनुसार योजनाबद्ध तरिकाले काम गर्न खोजे लगानीको कमी नहुने भन्दै मन्त्रालयले सम्पादन गर्ने हरेक कामहरु प्रदेशको उन्नतिका लागि मात्रै सञ्चालन हुने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा ४० बुँदे कार्यक्रम सार्वजनिक गरिएको थियो । प्रदेशका सबै जिल्लाहरुका लागि सम्मेलनमा जानकारी दिदै प्रदेश नम्बर ६ का प्रहरी प्रमूख रणबहादुर चन्दले सवारी दुर्घटना कम गराउन लामो तथा छोटो दुरीमा चल्ने सवारीमा जिपिएस ट्रयाकर कर जडान गरिने बताउनु भयो ।
उहाँले कर्णाली राजमार्ग अन्तरगत सुर्खेत-जुम्ला सडक खण्डमा प्राइभेट गाडी २४ सै घण्टा र ठूला गाडीलाई राति १० बजे सम्म मात्रै सञ्चालन गर्ने निर्णयगरिएको जानकारी दिनुभयो ।
प्रहरी प्रमूख चन्दले वालश्रमको अन्त्य, अपराधमा न्यूनिकरण, डिजिटल क्यामरा जडान लगायतका ४० बुदे कार्यक्रमहरु सार्वजनिक गर्नुभयो ।
Milan Shrestha । १० फाल्गुन २०७४, बिहीबार ०६:५७ बजे