
काठमाडौं– कञ्चनपुरमा भएको आन्दोलनका क्रममा बिहीवार प्रहरीले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएपछि काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अर्जुन भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले भेट्नु भएको छ ।
शुक्रवार बिहान अस्पतालमै पुगेर गृहमन्त्रीले भेटपछि घाइतेको उपचारको व्यवस्था राज्यले नै गर्ने आश्वासन दिएको बिरामी कुरुवा तथा महेन्द्रनगरका स्थानीय धनसिंह धामीले बताए ।
घाइतेको खुट्टामा गम्भीर चोट लागेपछि सल्यक्रिया गरिएको जनाइएको छ ।
साभारः लोकान्तर खबर ।
Milan Shrestha । ८ भाद्र २०७५, शुक्रबार ०८:२२ बजे