बुवाको स्मृतिमा पत्रकार शाहीद्वारा सहयोग रकम हस्तान्तरण


२३ साउन, सुर्खेत । सुर्खेतका पत्रकार रमेश शाहीले आफ्ना बुवा स्व. दलबहादुर शाहीको स्मृतिमा मृगौला रोगबाट पीडित र साझा घरलाई आर्थिक सहयोग गर्नुभएको छ ।

पत्रकार शाहीले तीन जना मृगौला पीडितलाई ३०/३० हजार रुपैयाँका दरले र वीरेन्द्रनगर–९ लाटीकोइली  स्थित साझा घर नेपाललाई १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

शुक्रबार पत्रकार शाही र उहाँकी आमा सरस्वती शाहीले आर्थिक अभावमा डायलाइसिस समेत गर्न नसक्नुभएका मृगौलाको रोगबाट पीडित गुर्भाकोट नगरपालिका– ५ का युवराज गाहा, वीरेन्द्रनगर–२ का राम बहादुर खत्री र वीरेन्द्रनगरकै प्रभात पन्तलाई सहयोग गर्नुभएको छ । हरेक वर्ष बुवाको स्मृतिमा यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने पत्रकार शाहीले जानकारी दिनुभयो ।

यस्तै घरभाडा र खाद्यान्नको अभाव झेल्दै आएको वीरेन्द्रनगर–९ स्थित साझा घर नेपालका सेवक तपेन्द्र विकलाई सहयोग रकम हस्तान्त्रण गर्नुभएको छ । पत्रकार शाहीका स्वर्गीय बुवा दलबहादुर शाहीको गत साल साउन २० गते क्यान्सर रोगबाट मृत्यु भएको थियो ।