८ भाद्र, सुर्खेत । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेशन प्रा.लि.ले सुर्खेतमा आफ्नो अत्याधुनिक सेवा सहितको शाखा विस्तार गरेको छ ।
सुर्खेतमा विगत १० बर्ष देखि सेवा दिँदै आएको वर्ल्डलिंकले करिब २ बर्ष अघिबाट सुर्खेतमा द्रुतगति फाइबर प्रविधीबाट इन्टरनेट सेवा शुरु गरेको हो ।
वर्ल्डलिंकका सिइओ केशब नेपालले आज एक समारोहका वीच सुर्खेत शाखाको उद्घाटन गर्नुभएको हो ।
सुर्खेतमा करिब ३५सय ग्राहक रहेको वर्ल्डलिंकले सुर्खेतबाट आफ्नो सेवा कर्णाली प्रदेशका दैलेख कालिकोट र जुम्ला समेत आफ्नो सेवा दिइसकेको छ ।



Prawash Kumar Shakya । ८ भाद्र २०७५, शुक्रबार १५:१८ बजे