
काठमाडौँ, जेठ ३१ गते । सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले व्यक्ति बेपत्ता पार्नेविरुद्ध उजुरी लिनका लागि एक महिना समय थप गरेको छ ।
आयोगका आयुक्त विष्णु पाठकले समय थप गर्नुपर्ने पीडितको माग र उजुरी आउने क्रम जारी रहेकाले असार मसान्तसम्मका लागि उजुरी दिने समय थप गरिएको जानकारी दिनुभयो । आयोगले यसअघि जेठ मसान्तसम्म मात्र उजुरी लिने सूचना जारी गरेको थियो ।
आयुक्त पाठकका अनुसार आज मात्रै बेपत्ता आफन्तको खोजी गर्न माग गर्दै १७८ पीडितले उजुरी दिएको र आयोगमा हालसम्म दुई हजार ४८ उजुरी परिसकेको बताउनुभयो ।
दश वर्षे जनयुद्धका क्रममा राज्य र विद्रोही पक्षबाट करिब एक हजार ४९५ जना बेपत्ता पारिएको बताइएको छ ।
साभारः गोरखापत्र
Prawash Kumar Shakya । ३१ जेष्ठ २०७३, सोमबार ०३:४५ बजे