काठमाडौं – सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी भन्ने नारासहित निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा नागरिक अगुवा, सामाजिक अभियन्ता, महिला अधिकारबादीलगायत सर्वसाधारणको ठूलाे सहभागिता छ।
विभिन्न प्लेकार्ड बोकेका प्रदर्शनकारीले कुनै नाराबाजी गरेका छैन्। उनीहरुले सांकेतिकरुपमा सरकारलाई दवाव दिन प्रदर्शनको आयोजना गरेको बताएका छन्।
खास अभियुक्तलाई जोगाउन र राजनीतिक संरक्षण दिन सरकार लागिपरेको भन्दै आन्दोलन स्वस्फुर्त रुपमा चर्किएको छ।
निर्मला हत्याको निष्पक्ष छानविन र दोषीमाथि कारबाही गर्न सरकारलाई दवाव दिन सामाजिक सञ्जाल प्रयोगकर्ताले आज माइतीघर मण्डलामा विरोध प्रदर्शनको गर्ने जनाएका थिए।
साभारः नागरिक खबर ।



Milan Shrestha । ९ भाद्र २०७५, शनिबार ०७:१२ बजे