
१५ भाद्र, सुर्खेत । वीरेन्द्रनगर १० बामेखोलामा तिजको दिन नाच हेर्ने क्रममा भएको बिवाद पछि रोशन जि.सीको हत्यामा संलग्न पाँच जना विरुद्ध किटानी जाहेरी परेको छ । मृतकका बुवाले बुधबार सोही ठाउँका कुमार परियार, गणेश नेपाली, न्युटन शाही, मीनु नेपाली र ओम प्रकाश सुनार विरुद्ध किटानी जाहेरी दिनु भएको हो ।
आपसी बालविवादका कारण उनीहरुले रोशनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभएको छ । उहांका अनुसार घटनाको सबै प्रारम्भिक अनुसन्धान सकिएको र भोली मात्रै पोष्टमार्टम गरिने भएको हो ।

मृतका बुवा गणेश जिसिले वीरेन्द्रनगर नगरपालिका वडा नः१० पठानटोल बस्ने बर्ष १८को कुमार परियार सोही ठाउमा बस्ने बर्ष २८को गणेश नेपाली, बर्ष २३का न्युटन शाही, यसैगरी बर्ष २५का मीनु नेपाली र बर्ष २५का ओम प्रकाश सुनार बिरुद्ध किटानी जाहेरी दिनु भएको छ भने पांच जना समेत अन्य आठ जना रहेको आशंका गर्नुभएको छ ।



Milan Shrestha । १५ भाद्र २०७९, बुधबार २०:५१ बजे