सुर्खेतमा ७५ मिलिमिटर वर्षा


सुुर्खेत, साउन २० । सुर्खेतमा पछिल्लाे २४ घण्टामा ७५ मिलिमिटर वर्षा भएकाे छ । गएरातीदेखी परेकाे अविरल वर्षाकाे क्षेती थाहा नभएपनि  रत्न राजमार्गकाे पिपिरा खाेलामा बाढीकाे बहाव बढ्दा अावतजावतमा समस्या भएकाे छ ।

मध्य तथा सुदूरपश्चिमाञ्चल हावापानी कार्यालय सुर्खेतले वर्षा अझै जारी रहने जनाएकाे छ । कार्यालयका अनुसार सुर्खेतपछि सवैभन्दा बढी वर्षा धनगढीमा ८५ मिलिमिटर भएकाे छ ।

गएरातीदेखी नै सुर्खेतकाे विद्युत सेवा अवरुद्धहुँदा प्रहरीलार्इ जिल्लाकाे विवरण संकलन गर्न समस्या भएकाे छ । जिल्लामा वर्षातले कहाँ कति क्षती पुग्याे भन्ने एकिन विवरण संकलन गर्न नसकेकाे सुर्खेत प्रहरीकाे भनाइ छ ।

तीन दिनकाे माैसमी अवस्था 

श्रावण २० गते (आइतबार) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। आइतबार राती देशको पश्चिमि क्षेत्रका एक दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।

श्रावण २१ गते (सोमबार) दिउसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । सोमबार राति मध्य र पश्चिमि क्षेत्रका एक दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।

श्रावण २२ गते (मगलबार) दिउसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानहरूमा र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ।