
दिपायल : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाको चौतर्फी विरोध भइ रहेका बेला डोटीमा समेत प्रदर्शन सुरु भएको छ ।निर्मलालाई न्याय माग्दै डोटीवासीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले हत्यारा पहिचान गरी कारवाहीको माग र कञ्चनपुरमा शुक्रबार भएको गोली काण्डको बिरोधमा ¥याली निकालेका हुन् ।
डोटीका नागरिक अगुवाहरुको अगुवाइमा निकालिएको ¥यालीले बजार परिक्रमा गरि बिरोधसभामा परिणत भएको थियो । हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी सजाय दिनुपर्ने माग गरेका छन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुका ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
१३ वर्षीया बालिकाको दिनदहाडै बलात्कारपछि हत्या गरिएको भन्दै अहिलेसम्म अपराधी पक्राउ नपरेको भन्दै तत्काल अपराधी पत्ता लगाउन माग गरेको हो ।
साभारः अन्नपूर्ण पोष्ट ।



Milan Shrestha । ९ भाद्र २०७५, शनिबार ०७:३४ बजे