७ भाद्र, सुर्खेत । तीज नजिकै गर्दा सुर्खेती कलाकारहरु पनि तिज गितहरु धमाधम सार्वजनिक गरिरहेका छन् ।
यसैविच टेक चुनाराको प्रस्तुति र चन्द्र मन्दिरको निर्देशनमा “छड्के तिलहरी” बोलको तिज गितलाई गंगामाला फिलिम्सले युट्युव मार्फत सार्वजनिक गरेको छ ।
मनु मन्दिर, कृष्णा राना र अन्जली सापकोटाको स्वरमा टेक चुनाराले शब्द र लय रहेको गितमा संगित संयोजन कविराज गिरी, एरेन्जमा हिमाल थापाको रहेको छ ।
स्थानीय जागरण एफ एम सुर्खेतमा रेकर्डिङ्ग गरिएको गितमा विपना मन्दिर र दिपिका कुवँरले मोडलिङ्ग गर्नुभएको छ ।



Milan Shrestha । ७ भाद्र २०७५, बिहीबार ०२:३९ बजे