सार्वजनिक सुनुवाई सम्पन्न


१४ मंसीर, सुर्खेत । वीरेन्द्रनगर नगर पालिका वडा न‌ं ९ को सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष सुरेश मानन्धरले २०७४/०७५ मा वडा कार्यालयले सम्पन्न गरेको कार्यक्रमहरुको आर्थिक आय-व्याय विवरण पेश गर्नुभएको थियो भने आर्थिक २०७५/०७६ को नयाँ योजनाहरुको प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले “वडाहरुले योजना बनाउँदा विशेष गरेर शिक्षा र स्वास्थमा बढी जोड दिनुपर्ने बताउनुभयो ।

बाटो विग्रिए विकासका कामहरु विग्रिए फेरी बनाउन सकिन्छ तर हाम्रो सन्तती विग्रिए फेरी बनाउन नसकिने जिकिर गर्दै त्यसैले शिक्षा र स्वास्थका योजनाहरुमा बढी जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा समाजसेवी डम्मर विक्रम जिसी, पूर्व जिविस सभापती बालकृष्ण विसी र विभिन्न पार्टी प्रतिनिधीहरुले आआफ्नो भनाइ राख्नुभएको थियो।

वडा नं ९ मा रहेका ३१ वटा टोल विकास समितिका अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रममा वडा सदस्य जीवनकुमार शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण वडा सचिव देव मुलेलले गर्नुभएको ।