अपराधीलाई कारवाही गर्न माग


२५ जेठ, सुर्खेत । राउटे महिला माथि भएको यौन हिंसा घटनाको भिडियो बाहिरए संगै अपराधीलाई कारवाही गर्नुपर्ने माग राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले गरेको छ ।

महासंघद्वारा विज्ञप्तीमा जुनसुकै हिंसा मानव अधिकार विरोधी कार्य भएको र त्यसमा झन यौन हिंसा चरम मानव अपराध रहेको उल्लेख गरिएको छ ।  राउटे महिलाका अस्मिता मेटिने खालका कुकार्य गर्ने र अनपढ र अनविज्ञ महिलाहरुलाई विभिन्न किसिमका प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेलाई संविधान बमोजिम कडा कारवाही गर्न विज्ञप्तीमा माग गरिएको छ ।