घर भत्किदा एकै परीवारका ५ को ज्यान गयो


भाद्र १३, सुर्खेत ।

सल्यानमा एक घर भत्किदा एकै घरका ५ जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं ४ सेतिगुँरासमा गए राति साढे ९ बजे घर भत्किदा ५ जनाको घटना स्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा वर्ष ४० का रामसिंह बिक, उहाँकी श्रीमती ३५ बर्षिया रामकली बिक, ७ वर्षकी छोरी गंगा बिक, ६ बर्षकी छोरी प्रमीला र ४ वर्षका छोरा रुपलाल बिक रहनुभएको छ भने ८ वर्षिया छोरी सुनिता भने सकुसल छन् ।

घटनाको उद्धारमा प्रहरी र स्थानीयहरु राती देखि नै खटिएका छन् भने नगर प्रमुख लोकमान बुढाथोकी सहितको टोली आज बिहान घटना स्थलमा पुगेको छ । यस्तै सदरमुकाम खलंगाबाट प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको टोली पनि घटनास्थलमा पुगेको छ ।

घरको बिचको तलाको दलिन भाँचिएर घर भत्किएको हुनसक्ने ईलाका प्रहरी कार्यालय सिमखोलीका ईन्चार्ज प्रहरी नायब निरिक्षक रतन शर्मा बताउनुभयो ।