
१९ बैशाख, सुर्खेत । नेपाली काँग्रेस सुर्खेतमा दुई नेता पूर्णबहादुर खड्का र हृदयराम थानी वीचको अन्तरद्वन्दले सँधै चर्चामा भैरहने सुर्खेत काँग्रेसका गतिविधीहरुमा यसपटकको स्थानीय चुनावमा पनि परेको थियो । तर नेपाली काँग्रेसबाट वीरेन्द्रनगरको नगरप्रमुख पदका उम्मेद्वार उपेन्द्रबहादुर खड्कालाई नेता थानीले जितको शुभकामना दिए सँगै काँग्रेसको चर्चाले यतिवेला फरक मोड लिएको छ ।
नेता ह्दयराम थानीले नगर प्रमुख पदका उम्मेद्वार उपेन्द्र बहादुर खड्कालाई घरमै बोलायर जितको शुभकामना दिएका संगै चर्चाले नयाँ मोड लिएको हो ।
धेरैले यसपटक काँग्रेस सुर्खेतको आन्तरिक द्वन्दले गर्दा अन्य पार्टीले जित अड्कलबाजी काट्दै गर्दा नेता थानीले आफ्ना पार्टीका उम्मेद्वार खड्कालाई जितको शुभकामना दिनुभएको छ । यसपटक वीरेन्द्रनगरको बागडोर काँग्रेसको हातबाट फुत्किन्छ भन्ने अड्कलबाजी भैरहँदा दुई नेताको भेटघाटले कार्यकर्ता तथा उम्मेद्वार खड्का उत्साहित बनेको पाइन्छ ।
वीरेन्द्रनगरमा कांग्रेसले नेकपा माओवादी संग गरेको चुनावी तालमेल गरेको छ ।




Prawash Kumar Shakya । १९ बैशाख २०७९, सोमबार १३:४७ बजे