सर्वाेच्चको बोल्ड निर्णयः विप्लवका प्रवक्ताको ‘शानदार’ रिहाई


१४ भाद्र

सर्वोच्च अदालतले ओली सरकारलाई धक्का लाग्नेगरी अर्काे बोल्ड निर्णय सुनाएको छ। अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न आदेश दिएको छ। यससँगै प्रकाण्डलाई जेलमा सडाउने ओलीको योजना चकनाचुर भएको छ।

सरकारविरुद्ध आतंक मच्चाएको भन्दै गृह मन्त्रालयले चन्दा असुली मुद्दा लगाई प्रकाण्डलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो। त्यसलगत्तै सर्वाेच्चकै आदेशमा छुटेका प्रकाण्डलाई प्रहरीले आगजनी मुद्दामा फेरि समातेको थियो। तर यी सबै प्रयास सर्वाेच्चले असफल पारिदिएको छ।

विहीबार भएको सुनुवाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्गबहादुरलाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो। अघिल्लो पटक पनि सर्वोच्चले उनलाई छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका उनलाई प्रहरीले अदालतको गेट बाहिर पक्राउ गर्‍यो र आगजनीको मुद्दाका लागि काभ्रेमा पुर्‍यायो ।

जिल्ला अदालत काभ्रेले म्याद थप गरेर अनुसन्धान गर्न आदेश दिइरहँदा सर्वोच्च अदालतले भने सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै बन्दीसहित जवाफ पेश गर्न आदेश दियो । न्यायाधीशद्वको संयुक्त इजलासले थुनामा राखेर पर्याप्य आधार र कारण नखोली म्याद थप भएको भन्दै निवेदकको मागअनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर गरेको छ ।मिडिया डवलीबाट