जुम्लामा राप्रपा नेपालका कार्यकर्ता पक्राउ


६ बैशाख, जुम्ला । जुम्लामा धर्मनिरपेक्षता खारेज माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपा नेपालका १२ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जुम्ला खलंगा बजारमा धर्मनिरपेक्षता लेखिएका ब्यानर, पम्प्लेट जलाउँदै गर्दा राप्रपा नेपालका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

राप्रपा नेपाल जुम्लाले स्वतन्त्र पूर्वक गरिएको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ ।

राप्रपा नेपालका युवा नेता अनुप थापाले प्रहरी नियन्त्रणमा रहेका आफ्ना पार्टीका नेता, कार्यकर्तालाई तत्काल रिहाइको माग गर्नुभएको छ । पक्राउ पर्नेहरुमा पार्टीका केन्द्रीय सदस्य धनबहादुर थापा, जिल्ला कार्यसमिति जुम्लाका सचिव श्रीकृष्ण बुढा र प्रवक्ता अंगदप्रसाद देवकोटा लगाएत नेता, कार्यकर्ता रहेका छन् ।