सानाकिसान वीरेन्द्रनगर ९को अध्यक्षमा सिंह निर्वाचित


२५ मंसीर, सुर्खेत । साना किसान कृषि सहकारी संस्था लि. वीरेन्द्रनगर ९ सुर्खेतको अध्यक्षमा शान्ति सिंह निर्वाचित हुनुभएको छ ।

संस्थाको २४औं साधारण सभामा नवनिर्वाचित अध्यक्ष सिंहले ७ मत ल्याइ विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्दी मानबहादुर चौधरीले ६ मत प्राप्त गर्नुभएको थियो । कूल १३ सदस्यीय मतदाता रहेको संस्थामा गत मंसीर १८ गते सर्वसम्मत हुन नसकेपछि आज निर्वाचन भएको हो । त्यस्तै उपाध्यक्षमा सिता पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।