सर्पको टोकाईबाट एकको ज्यान गयो


भाद्र १६, सुर्खेत ।

सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका ४ कि लक्ष्मी शाहीको सर्पको टोकाईबाट ज्यान गएको हो ।

बिहान सर्पले टोकेपछि उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा शनिबार बाटोमा शाहीको निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

यस अघि सर्पको टोकाइबाट गएको साउन २२ गते पञ्चपुरी नगरपालिका १० की १४ वर्षीया हरिकला उपाध्यायको पनि ज्यान गएको थियो ।