आईपीएल २०१८को उपाधि चेन्नाई सुपर किंग्सले जित्यो


तस्विरः अनलाईन खबर ।

१३ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार(आज) राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो ।

टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको विजय लक्ष्य चेन्नाईले १८ ओभर ३ बलमा हासिल गर्‍यो ।

आईतबार(आज) राती भएको भिभो आइपिएल फाईनल खेलमा चेन्नाई सुपर किंग्सका ओपनर व्याट्सम्यान सेन वाट्सनको अवजित सतकिय पारी खेलको मद्धतबाट उक्त पदाधि जित्न सफल भएको हो ।