कालिकोटमा बालिका सम्मेलन


कालिकोट–’सक्षम बालिका समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ कालिकोटमा पहिलो पटक बालिका सम्मेलन सम्मन्न भएको छ। सम्मेलनले नौ बुँदे प्रतिबद्धता जारी गर्दै सम्पन्न भएको हो।बाल विवाह अन्त्य गर्नका लागि सम्पूर्ण राजनीतिक दल, सरकारी कार्यालय, संघ, संस्था नागरिक समाज, पत्रकार, बालवालिका सबै सरोकारवालाले कानूनको परिपालनका लागि तयार रहेने बाचा गर्दै नौ बुँदे प्रतिबद्धता जनाएका छन्।

सम्मेलनमा सहभागी बालबालिकाले बाल बिवाह अन्त्यका लागि जिल्लाका सरोकारवालाले प्रतिबद्धता गरे अनुसार काम नगरेको गुनासो गरे। सम्मेलनमा सहभागी किशोर प्रतिप तिरुवाले गाउँमा दलित र दलित बालबालिका माथि हुने बिभेदको अन्त्यका लागि सरोकारवालाको भूमिका विषमा प्रश्न उठाएका थिए।

सम्मेलनमा उपस्थित अधिकांश बालिबालिकाले बाल विवाह गर्नेलाई ठोस कानून नभएका कारण कार्वाही हुन नसकेको बताएका थिए। सम्मेलनमा सहभागी ज्वालाकुमारी बिकले बाल विवाह र बहुविवाह गर्नेलाई कडा कारवाही हुने नीति र कानूनको आवश्यकता रहेको औंल्याइन् । उनले बालविवाह र बहुबिवाह शिक्षित बर्गबाटै हुने गरेको बताइन् ।


ग्रामीण क्षेत्रका महिला आत्मानिर्भर नभएका कारण बाल विवाह र बहु विवाह हुने गरेको जिल्ला महिला विकास अधिकृत सिता थापा मगरले बताइन्। ‘महिलालाई आत्मनिर्भर बनाउन गाउँ गाउँमा महिला सहकारी संस्थाको स्थापना गरिएको र सहकारीमार्फत राज्यले विभिन्न जनचेतना मूलक कार्यक्रम संचालन गरेको छ,’ उनले भनिन्।

साभारः नागरिक अनलाइन