गजल



  पुनम धमाला “प्रभा”

औठाछाप पनि हो तमसुक पनि हो
साहुकै नाममा घरको सन्दुक पनि हो

जाने सयौं चोटको मलम हो बचन
नजाने वचन एक घातक बन्दुक पनि हो

एक भविष्य बिहिन सडक बालक हो
अर्को भविष्य विहिन यो मुलुक पनि हो

एक झुपडी हो सन्तान हुन् आमाका सन्तुष्टि
अर्को सन्तुष्टि आटो र गुन्द्रुक पनि हो

उपहारमा पुग्ने जति घाउहरु पठाएछौ

पठाउन बिर्सेको बाकि नुनचुक पनि हो