गजल


दिपक अभिलाषी


यहाँ यस्तो चिज चाहिएकोछ
आत्म हत्यारालाई विष चाहिएकोछ

सदैब नियम बिपरीत कार्य गर्ने

 

भेडाहरुलाई त्यस्तो न्यायाधिस चाहिएकोछ

वुवा आमा जीउदै छन् र पनि
छोरालाई मरिसकेको सिफारीस चाहिएकोछ

 

म सज्जन छु भनि चर्चा गरीरहन्छ
तर भ्रष्टाचारको भने कोसीस चाहिएकोछ

उसले कसैका लागि ज्यान दिएको
बद्ला उस्लाई मुस्कान बक्सिस् चाहिएकोछ

कालीका गाउँपालीका ६, कालीकोट