
बड्डिचौर–सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा पाँच करोड बढीको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
बड्डिचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पाँच करोड ३७ लाख ९२ हजार लागतमा आयोजना निर्माण गरेर बराहतालको वडा नम्बर ५ र ८ का नागरिकहरुलाई खानेपानी वितरण गरेको हो ।
आयोजनाको खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सोमबार उद्घाटन गरकी छन् । बराहताल गाउँपालिका–५ बड्डीचौरमा झण्डै १३ किलोमिटर दुरीमा रहेको डमारेखोलादेखी पाइपलाइनबाट खानेपानी ल्याइएको छ ।
बराहताल गाउँपालिकाका समाजसेवी तथा युवा नेता डम्बर गरञ्जा मगरले बड्डीचौर खानेपानी आयोजना सञ्चालन आएपछि यहाँका नागरिकहरूलार्इ सहज भएको जानकारी दिए । उनले खानेपानीका लागि घटौं टाढा रहेका मुहान र खोला धाउन बाध्य नागरिकलार्इ आयोजनाले राहत पुर्याएको बताए ।
साभारः पश्चिमनेपाल ।



Milan Shrestha । १९ भाद्र २०७५, मंगलवार ०७:५२ बजे