बित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सूरु


मुना हमाल ।
सुन्दर नेपाल संस्थाको आयोजनामा वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सोमबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । यूएसएआइडीको आर्थिक सहयोगमा कृषि स्वास्थ्य तथा बैकल्पिक जीबिकोपार्जन प्रबद्र्धन कार्यक्रम (पहल) अन्तरगत सहकारी अगुवाहरुका लागि वित्तीय साक्षरता सम्बन्धि तालिमको आयोजना गरिएको हो ।
पहल कार्यक्रम सञ्चालन भएका गाविसहरुमा रहेका विभिन्न सहकारी संस्था र सुन्दर नेपाल संस्थासंग सहकार्य गरेर काम गर्न सजिलो हुने उद्देश्यले तालिमको आयोजना गरिएको पहल कार्यक्रमका बैल्किपिक जीविकोपार्जन वित्तीय सेवा अधिकृत मिलन श्रेष्ठले जानकारी दिए । तालिम पछि सहकारी संघसंस्था मार्फत सहकारी शिक्षा सम्बन्धि तामिमहरु सञ्चालन गरिने उनले बताए । गाउँस्तरमा संचालन भएका विभिन्न समुह तथा सहकारी समुह आवद्ध भएका सदस्यहरुको धारणा परिवर्तन गरी बित्तय सेवामा पुहँच पु¥याउने र सहकारी सम्बन्धि शिक्षा दिने मुख्य उद्देश्य रहेको उनले बताए । गाउँस्तरमा दर्ता भएका सहकारीहरु सक्रिय रुपमा संचालन नहुने र खारेजी हुने भएकोले त्यस्तो खालको सहकारीहरुलाई मर्ज गरेर संचालन गर्नु आवश्यक छ भन्ने धारणाको विकासन हुन आवश्यक रहेको उनको भनाई छ । तालिममा सुर्खेत जिल्लाका १० र जाजरकोटका १० गरी २० वटा सहकारीबाट छनोट भएका सहकारी अगुवाहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन सत्रमा बोल्दै सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालले विपन्न वर्गहरुलाई पहुँचमा पु¥याउनको लागि सहकारीको महत्वपूर्ण भुमिका रहेको भन्दै गाउँमा स्थापना भएका सहकारीहरुलाई सहकारी अगुवाहरुले व्यवस्थापन गरेर अघि बढाउनुपर्ने बताए । ‘सहकारी मार्फत सानो सानो पुंजीलाई संकलन गरेर ऋण मार्फत कसरी आफ्नो परिवारको आवश्यकता पुरा गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न जरुरी छ’ उनले भने, ‘त्यसैले विपन्न वर्गहरुलाई पहुँचमा पु¥याउनको लागि यस तालिमले सहयोग पु¥याउने छ ।’ उनले आर्थिक उत्पादन नभएसम्म केही गर्न नसकिने भन्दै विपन्न वर्गहरुलाई आर्थिक रुपमा बलियो बनाउनको लागि सहकारी अगुवाहरु लाग्न जरुरी रहेको बताए ।
यस्तै कार्यक्रममा पहल कार्यक्रमकी जिल्ला संयोजक शुभा विकले कृषि स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रबद्र्धन कार्यक्रम (पहल)को बारेमा जानकारी दिएकी थिइन् । मध्य तथा सुदुरपश्चिमका पहाडी तथा हिमाली भेगका विपन्न र कुपोषण ग्रस्त समुदायहरुमा संकटासन्न घरपरिवारको जीविकोपार्जन तथा पोषणको स्थितिमा सुधार ल्याउने र विपदको प्रभावलाई न्युनिकरण, अनुकुलन पुर्नलाभ गराउन घरपरिवारको क्षमता अभिवृद्धि गर्ने उद्देयश्ले पहल कार्यक्रम सञ्चालन भएको बताइन् ।
पहल कार्यक्रम अन्तरग कृषि, पोषण तथा सरसफाई, विपद् जोखिम न्युनिकरण, प्राकृतिक स्रोत व्यवस्थापन, बैकल्पिक जीविकोपार्जन र वित्तीय सेवाको क्षेत्रमा रहेर कार्य गर्नका लागि जिल्ला कार्यक्रम सल्लाहकार समिति गठन भइसकेको छ । त्यसै गरी क्षेत्रीय अभिमुखिकरण कार्यक्रम अन्तरगत क्षेत्रीय स्तरका विभिन्न सम्बन्धित कार्यालयहरुवीचको उपस्थितमा अभिमुखिकरण भइसकेको छ । पहलले गाविस स्तरिय स्थानीय जोखिम व्यवस्थापन समिति गठन गरी सुर्खेतका ४ वटा गाविसमा अभिमुखिकरण कार्यक्रम भइसकेको छ । मध्य र सुदुरपश्चिमका १४ जिल्ला सञ्चालन भएको पहल कार्यक्रम सन २०१९ सम्म सञ्चालन हुने छ ।