तिन स्रष्टा सम्मानित


भाद्र २३, सुर्खेत ।

१५३ औं भानु जयन्तीको अबसरमा तिनजना स्रष्टालाई सम्मान गरिएको छ । मध्यपश्चिमाञ्चल गजल मञ्चले पाँचौं बार्षिक उत्सव तथा भानु जयन्तीका अबसरमा मोती साधना पुरस्कारबाट बासुदेब पाण्डे प्रभाकर, पूर्ण समिर महतारा र निराजन बिष्ट दोषी सम्मानित भएका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कथाकार महेशबिक्रम शाहले सो सम्मान प्रदान गर्नुभएको हो । सम्मानीत हुने स्रष्टाका बारेमा बोल्दै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले सम्मानीत हुने तिनै जना स्रष्टाले नेपाली साहित्यलाई थप उचाइमा पुगाउन अहोरात्र खटीरहेको बताउनु भयो ।

सो अबसरमा चित्रकार बिक्रम शिशिरको एकल चित्रकला प्रदर्शन गरिएको थियो । सो अबसरमा कर्णाली प्रदेशका एक दर्जन गजलकारका दुई दर्जन गजलहरु बाचन गरिएका थिए । ऋषि शर्मा सुदामा, पुष्प पीडित आचार्य, महेन्द्रचन महासागर, खगेन्द्र अटल, भरत प्रमोद दाहाल लगायतका १२ जना गजलकारले दुई दुई वटा गजलहरु बाचन गरेका थिए ।

मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकार अमृतले यहाँको साहित्य विकासमा यस्ता कार्यक्रमले भूमिका खेल्ने भएको यो कार्यक्रमको आयोजना गरिएका बताउनु भयो ।