असार ५, सुर्खेत ।
बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संचालन गरेको १ दिने बार्षिक केन्द्र प्रमूख गोष्ठि बराहताल गाँउपालिका—५ मा सम्पन्न भएको छ ।
सेवा केन्द्र बड्डीचौर अन्तर्गतका ६८ वटा केन्द्रका प्रमूख, उपप्रमूख तथा सदस्यहरुको सहभागीता रहेको गोष्ठिमा प्रमूखहरुलाई संस्थाको नीति नियम तथा प्रमूखको काम, कर्तब्य र जिम्मेवारी विषयमा छलफल गरीएको छ ।
गाउँपालिकाका प्रमूख तेजबहादुर बस्नेतले तरकारी खेतीको लागि प्रबल सम्भावना रहेको यस क्षेत्रमा समूह मार्फत तरकारी खेतीका लागि काम गर्न आग्रह गर्दै गाँउपालिका यस कार्यमा सहयोगी बन्ने भन्दै संस्थाले सम्भावनालाई हेरेर मात्र लगानी गर्नु पर्ने सुझाव दिनु भयो ।
संस्थाका अध्यक्ष पंचसिह रोकायाले इमान्दार र घर व्यवहारमा महिला सक्रिय रहने भएकाले महिला दिदिबहिनीको स्तर उन्नती माबौद्ध ग्रामिण सँधै सकारात्मक भएर लागि पर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।



Milan Shrestha । ५ असार २०७५, मंगलवार १२:३५ बजे