
२४ श्रावण, सुर्खेत । प्रदेश आयुर्वेद औषधालय कर्णाली प्रदेश सुर्खेतका डाक्टर शंकर प्रसाद रिजालले ह्वील चियर सहयोग गर्नु भएको छ ।
ढाडको हड्डीमा चोट लगेर चल्न नसक्ने हुनुभएका दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं ५ सिलंगी बजारमा बस्दै आउनु भएको २५ बर्षिय चन्द्र प्रसाद रिजाललाई उक्त चियर सहयोग गर्नु भएको हो ।
सामान्य घर परिवारमा जन्म लिई गरिवि र अशिक्षाकै कारण कालापहाड जानु पर्ने वाध्यता चन्द्रबहादुरलाई भएपछि विवाह गरेको १ बर्ष अर्थात् २०७४ सालमा श्रीमती र काखमा भएको २ महिनाकोे छोरीको साथमा धेरै ठुलो सपना बोक्नुभएका वुढाको भारत जादै गर्दा भारतको गुजरातमा बस दूर्घटना भएपछि सबै सपनाहरु चकनाचुर भए ।
रिजाल दूर्घटना पश्चात उहांको दाई र दिदीको सहयोगमा नेपाल आईसकेपछि आफन्त र साथीभाईहरुको सहयोगले काठमाण्डौ र पोखरामा उपचार पश्चात रोग निको नभएपछि सुर्खैत जिल्लाको आईएनएफमा ६ महिनाको उपचार गराउनु भएको थियो ।
आईएनएफ बाट उपलब्ध भएको ह्रवील चियरको पाग्रां बिग्रीर पछि बिगत २ महिना देखि उहां ओछ्यानमै पल्टिनु भएको छ । अनुराग चन्द्र रिजालको नामबाट संचालन भएको सामाजिक सञ्जाल फेसबुकमा उहांले ह्वील चियर बिग्रेर सुतेको पनि दुई महिना भयो, सुत्दा सुत्दा घाउ भएर हैरान छ जिन्दगी भनेर पोष्ट गरिसकेपछि सामाजिक अभियान्ताको सहयोगमा उहांलाई डाक्टर रिजालले ह्वील चियर सहयोग गर्नु भएको हो ।
चन्द्रबहादुर रिजालको दूर्घटना भएको केहि समय पछि ५२ बर्षको उमेरमा आफुले बुवालाई गुमाउनु पर्दाको पीडा सुनाउनु हुन्छ । मेरो दुर्घटना भयो घरमा दाई छुट्टीएर बस्नु भएको छ । यस्तो अवस्था पछि घरमा ५० बर्षको बृद्धआमा, श्रीमती, ४ बर्षकी छोरी र १२ कक्षामा पढ्दै गरेको भाईको खर्च कसरि पुर्याउने चिन्ताले सताईरहेको अवस्थामा ह्वील चियर बिग्रीदा धेरै तनाव भईरहेको छ । आफु संग भएको जग्गामा लगाएको अन्नवालीले ३ महिना मात्र खान पुग्ने भएपछि घर परिवार पाल्न लघु बित्तबाट ३ लाख रुपैया कर्जा लिई पुस्तक पसल संचालन गरेको थिए, तर यो लकडाउने ठुलो समस्या बनाईदियो । हाल व्यवसाय नचलेको हुदा ल्याएको कर्जाको व्याज तिर्न परि हम्मे हम्मे भईरहेको छ भने आमाले पाउने एकल भत्ता र आफुले पाउने भत्ताले भाईलाई पढाईरहेको छु ।




Prawash Kumar Shakya । २४ श्रावण २०७८, आईतवार १७:५२ बजे