शिव महापुराण धार्मिक महामहोत्सवको आर्थिक प्रतिवेदन सार्वजनिक


२३ भाद्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटिकोइली सुर्खेत स्थित ऐतिहासिक एवं प्राचिन शिव मन्दिरलाई प्रदेश कै समृद्ध (स्मार्ट) मन्दिर निर्माण गर्ने उदेश्यले यही श्रावण महिनाको ७ गते देखि १७ श्रावण सम्म (११ दिन) सम्म संचालन भएको “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मि शिव महामहोत्सव २०७५”को आज आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

महामहोत्सवमा १ करोड २४ लाख ६० हजार ५ सय ६९ रुपैया दान संकलन भएको महामहोत्सव मुल आयोजक समितिले आज पत्रकार सम्मेलन गरि आर्थिक प्रतिवेदन सार्वजनिक गरे हो ।

महामहोत्सवमा टेण्टपण्डाल, यज्ञ, कलाकार र भण्डारा खर्च वापत गुरु श्री गोविन्द शरण महाराज संग सम्झौता भए अनुसार रु १८ लाख महाराजलाई भुक्तानी गरिएको महामहोत्सव मुल आयोजक समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताउँदै महामहोत्सवमा सहयोग गर्नुहुने सम्पूर्ण मनकारीदाताहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

अब चाँडै नै शिव मन्दिरलाई स्मार्ट मन्दिर बनाउनकालागि कार्य थालनी गर्ने मुल आयोजक समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।