बहुआयामिक शौचालय बनाउदै सेना


सुर्खेत, १७ साउन । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा सार्वजनिक शौचालयको माग भैइरहेको वेला हटियालाइनमा वहुआयामिक सार्वजनिक शौचालय निर्माण थालिएको छ । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय, वीरेन्द्रनगर नगरपालिका, उपत्यका नगरविकास समिति लगायतको संयुक्त साझेदारीमा शौचालय निर्माण हुन लागेको हो ।

२८ लाख रुपैयाको लागतमा निर्माण हुन लागेको शौचालय एक्कै पटकमा २६ जनाले प्रयोग गर्न सक्ने वताएको छ । ४ कोठे शौचालयको तल्लो तलमा शौचालय र माथिल्लो तलामा शौलुन राख्ने योजना रहेको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आवेद हुसेनले वताउनु भयो । असारको दोस्रो सातावाट सुरु भएको शौचालय साउन महिनाभित्रै तल्ला तला निर्माण गरिसक्ने उहाँले वताउनु भयो ।

शौचालय निर्माणको लागि सुपरिवेक्षण कार्यालयले ७ लाख, नगरपालिकाले २ लाख र वाकी रकम उपत्यका नगरविकास समिति लगायतवाट सहयोग गर्ने योजना रहेको पनि हुसेनले उल्लेख गर्नुभयो । नेपाली सेनाको कपासे व्यारेकले सैनिक जवान शौचालय निर्माणमा निशुल्क सहयोग गदै आइरहेको छ । सामाजिक सेवाको नीति अन्तर्गत शौचालय निर्माणमा सेना खटाइएको वताएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रशासकिय तथा योजना अनुगमन शाखाका प्रमुख प्रकाश पौडेलले नगरपालिकाको माग बमोजिम उपत्यका नगरविकास समितिले शौचालय निर्माण गर्न थालेको वताउनु भयो ।

साभारः राराखबर अनलाइन