
३० चैत्र, सुर्खेत । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) लाई रोकथाम तथा नियन्त्रण गर्नकालागि आज एन प्याब्सनले वीरेन्द्रनगर नगरपालिका सुर्खेतलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष एवं कर्णाली प्रदेश अध्यक्ष कमलकुमार सिंह, प्रदेश सचिव राजु रोकाय र नगर अध्यक्ष दिनेश दाहालले आज संयूक्त रुपमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका कार्यवहाक नगरप्रमुख मोहनमाया ढकाललाई १ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

देश कोरोना महामारीले लकडाउनको स्थितिमा रहेको समयमा नगरपालिकाले गर्ने राहतमा केही सहयोग होस भन्नाकालागि हामीले यो रकम सहयोग गरेका हौ । एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष एवं कर्णाली प्रदेश अध्यक्ष कमलकुमार सिंह भन्नुभयो ।



Milan Shrestha । ३० चैत्र २०७६, आईतवार १८:४१ बजे