मंगलगढी मिलन टोलको साधारण सभा सम्पन्न


२३ भाद्र, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ को मंगलगढी मिलन टोल विकास संस्थाले आज आफ्नो तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

वडा न‌ं ९ का अध्यक्ष सुरेश मानन्धरले साधारण सभाको शुभारम्भ गर्दै अहिलेको अवस्थामा काम गर्न केही कानुनी वाध्यताहरु रहेको हुँदा स्थानीय सरकार मार्फत वडाहरुले काम गर्न नसकिरहेको बताउनुभयो ।

सभामा वडा न‌ं ९ कै बौद्ध टोल विकास संस्थाका अध्यक्ष प्रवाशकुमार शाक्यले प्रत्येक टोलका सदस्यहरु एकअर्कामा हातेमालो गर्दै अघी बढेमा टोल समाज हुँदै देश विकास हुने बताउनुभयो ।

सभामा संस्थाका सल्हकार दुर्गबहादुर खत्री, राजेन्द्र बुढा तथा साझा सहकारीका मदन खड्काले आआफ्नो भनाइ राख्नुभएको थियो ।

मंगलगढी मिलन टोलका सदस्य गणेश थापाले स्वागत गर्नुभएको सभामा सचिव खगेन्द्रविक्रम राणाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रिता थापाले आयव्यय विवरण पेश गर्नुभएको थियो ।

विश्वराज बोगटीले संचालन गर्नुभएको कार्यक्रम टोलका अध्यक्ष कमलबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।