
१,असोज कालिकोट
द्वन्द्वकालीन समयमा हतियारसहित नेपाली सेनाको तारा दल गणबाट भागेको भन्दै शुभकालिका गाउँपालिका-५ सुकाटियाका सिंहबहादुर शाहीलाई शत्रुसम्बन्धी कसुर ऐनअन्तर्गत सर्वस्वसहित जन्मकैदको फैसला भएको छ।
समरी जनरल सैनिक अदालत जंगी अड्डा काठमाडौंले शाहीलाई सर्वस्वसहित जन्मकैद फैसला गरेको हो। शाहीलाई एउटा इन्सास राइफलसहित त्यसमा लाग्ने तीनवटा म्याग्जिन र ६० राउण्ड गोलीसहित भागेको भन्दै र त्यस बापतको २०१८ रुपैयाँ असुलउपर गरी सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।
शाहीलाई २०७४ साल फागुनमा घरबाट पक्राउ गरि नेपाली सेनाले काठमाडौं लगेको र २०७५ साल बैशाख ९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएर अहिले काठमाडौं कारागारमा राखिएको परिवारले बताएका छन्।
नेपाली सेनाले शाहीले २०६१ साल पौष १८ गते धादिङ्गबाट गस्तीमा गएको बेला हतियार सहित भागेको नेपाली सेनाको समरी जनरल सैनिक अदालत जंगी अड्डा काठमाडौंले फैसला गरेको छ। शाही भागेको नभई माओवादीको कब्जामा परेको परिवारको भनाइ सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शाही तत्कालीन नेपाली सेनाबाट भागेको नभएर दोहोरो भिडन्तमा तत्कालीन माओवादी जनमुक्तिको कब्जामा परेको परिवारका सदस्यले बताएका छन्।
२०६१ साल पौष १८ गते धादिङको चरौदीमा तत्कालीन शाही सेना र माओवादीको जनमुक्ति सेनाको भिडन्त भएको त्यो भिडन्तमा शाहीलाई जनमुक्ति सेनाले कब्जा गरेर आफूसँगै राखेको सिंहबहादुर शाहीका दाजु नन्दबहादुर शाहीले बताए। ‘सेनाको अदालतले फैसला भनेको जस्तो मेरो भाइले हतियार लिएर भागेको होइन।’
उनले भने, ‘धादिङको चरौदीमा तत्कालीन शाही सेना र माओवादीको जनमुक्ति सेनाको भिडन्त हुँदा माओवादी सेनाले मेरा भाइलाई कब्जामा लिएर राखेका हुन्।’ दोहोरो भिडन्तका क्रममा शाही माओवादी सेनाको कब्जामा माओवादीले आफूसँगै राखेर शान्ति प्रक्रियापछि नगई घरमा आएर खेती किसानी काम गर्न थालेको दाजु नन्दबहादुर शाहीले बताए।
‘माओवादी कब्जामा लिएर भाइलाई आफूसँगै राखेँ।’ उनले भने, ‘शान्ति प्रक्रियापछि भाइलाई माओवादी सेनाले मुक्त गरेको हो।’ द्वन्द्वकालीकान मुद्दामा माफी हुनुपर्छ शाहीले हतियारसहित माओवादीमा लागेको भए पनि अहिले सर्वस्वसहित जन्मकैदको फैसला गरिनु गैरकानुनी भएको स्थानीयको बताएका छन्।
शाहीले हतियारसहित माओवादीमा जानु कुनै अपराध नभएको तत्कालीन समयमा माओवादी र राज्यपक्षबीच भएका घटना सत्य तथा मेलमिलाप आयोग सुल्टाउनु साटो आजीवन जन्मकैद फैसला गरिनु अपराध भएको नाताले काका पर्ने स्थानीय शिक्षक महेन्द्रबहादुर शाहीले बताए।
‘द्वन्द्वकालमा भएका घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोगले फैसला गरिनुपर्छ।’ उनले भने, ‘यसमा सैनिक कानुन लगाएर आजीवन फैसला गरिनु गलत हो।’
जन्मकैदको फैसलासहित शाही कारागार चलान भएपछि परिवारको विचल्ली भएको छ। ४ छोरा, २ छोरी र एक श्रीमती गरी ८ जनाको परिवार विचल्लीमा परेका हुन्। शाहीलाई पक्राउ नगर्नु अगाडि भारतमा रोजगार गरेर परिवार पाल्दै आएका शाहीको परिवारमा कमाई गर्ने मान्छे नभएपछि अहिले खान लाउन र बालबच्चा पाल्न समस्या भएको शाहीकी श्रीमती बबिता शाहीले बताइन्।
‘परिवारमा कमाइ गर्ने मान्छे कोही छैन, बालबच्चा सानै छन्। कमाइ गर्ने एउटा मान्छेलाई जेल हालेपछि हामीले कसरी बाँच्ने?’ उनले भनिन्। माओवादीमा जनयुद्धमा लड्ने कसैलाई काराबासको सजाय र कसैलाई राज्य संचालनको मुख्य जिम्मेवारी दिनु गरिबको कानुन नै नभएको श्रीमती शाहीले बताइन्। ‘
जनयुद्ध लडेका कोही काराबासको सजाय भोगेर जेलमा बसेका छन्।’ उनले भनिन्, ‘कोही देशको सांसद, मन्त्री, प्रधानमन्त्री भएर मस्ती गरिरहेका छन्।’ शाहीको रिहाइका लागि उनका दाजु नन्दबहादुर शाहीले राष्ट्रिय मानव अधिकार आयोग र सर्वाेच्च अदालतमा समेत मुद्दा दायर गरेका छन्। थाहा खवरबाट



Milan Shrestha । १ आश्विन २०७५, सोमबार १७:२१ बजे