
गुलरिया– बर्दिया सदरमुकाम गुलरियाको लालपुर क्षेत्र आसपासमा लगाइएको कफ्र्यू मंगलबार बिहानबाट हटाइएको छ । मंगलबार विहान कफ्यू हटाएपछि सद्भाव र्याली निकाल्ने तयारी गरिएको छ ।
आइतबार राति ताजिया र मूर्ति विसर्जन गर्ने समूहबीच झडप भएपछि स्थिति सामान्य पार्न गुलरिया नगरपालिका– ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कफ्र्यू लगाइएको थियो ।
कफ्र्यू बिहान ९ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
साभारः रातोपाटी ।



Milan Shrestha । १७ आश्विन २०७४, मंगलवार ०८:११ बजे