अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न


चैत्र १७, सुर्खेत ।
ज्योती लाईफ इन्स्योेरेन्स कम्पनी लिमिटेड सुर्खेतको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । अभिकर्ता व्यवसाय वृद्धि गराउन उत्प्रेरणा तालिम प्रदान गरिएको कम्पनी सुर्खेतका प्रमुख मोहनकुमार माझीले बताउनु भयो ।

इन्स्योेरेन्स कम्पनीका सेल म्यानेजर फर्सुराम मरासिनीले अरु विमा कम्पनी भन्दा ज्योती लाईफ फरक भएको बताउनु बताउदै कार्यक्रममा अभिकर्ताको गुणस्तर, उनीहरुको ज्ञानको स्तरको आधारमा विमाको व्यापार वढ्ने तथा अभिकर्ताहरुलाई समेत आम्दानी हुनेमा जोडदिनुभयो ।

कम्पनी सँग आवद्ध अभिकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको बताइएको छ ।