बोक्सी उद्योग प्रदर्शन हुँदै


असोज ५, काठमाण्डौ ।

पत्रकार तथा लेखक रामकुमार एलनद्वारा लिखित नाटक ‘बोक्सी उद्योग’ शुक्रबार साँझ देखि संघिय राजधानीको कुञ्ज थियटरमा प्रदर्शन हुदैछ ।

बोक्सीका नाममा यातना भोग्नेहरुको भित्री कथा बोकेको नाटक १५ दिनसम्म निरन्तर प्रदर्शन हुने नाटकले समाजका ठूलावडा कहलिएकाहरुले आफ्नो बदमासी बचाउन अबलाहरुलाई बोक्सीको आरोप लगाएर बहिष्कृत जिन्दगी बिताउन बाध्य पार्नेहरुको चरित्र उदाङ्ग पार्ने लेखक एलनको दाबि छ ।

पत्रकारितामा र साहित्य सिर्जनमा क्रियाशील एलनले २०७० मा द्वन्द्वकालीन कथावस्तु समेटिएको ‘स्याउली सिम्फोनी’ उपन्यास प्रकाशन गरेका थिए भने पछिल्लो समयमा नाटक लेनमा पनि सक्रिय देखिएका छन् ।

नाटक तीन दशक रंगमञ्च र काँचका पर्दामा अभिनय र निर्देशनमा बिताएका प्रभाकर देव शर्माले निर्देशन गरेका हुन् । कुञ्ज थियटरमा साँझ ५ बजे प्रदर्शन गरिने नाटकमा लालटिन नेपालका १५ कलाकारको अभिनय छ ।

नाटकले समाजमा ब्याप्त बिकृतिमा तिखो प्रहार गर्ने अपेक्षा गरिएको छ ।