चार गजलकार सुर्खेतलाई गजलमय बनाउँदै


साउन १९, सुर्खेत ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाज सुर्खेतको आयोजनामा काव्य श्रृङ्खला ‘ग’ अन्तर्गत गजल वाचन कार्यक्रम सुर्खेतमा सञ्चालन भएको छ ।

काव्य श्रृङ्खला ‘ग’ मा गजलकार महेन्द्र चन्द महासागर, कृष्ण विरही जलन, बाबु त्रिपाठी र देवकी निरौलाले गजल वाचन गरीरहेका छन् ।

नेपाली साहित्यमा लोकप्रिय बन्दै गएको गजल बिधामा यस क्षेत्रमा पनि निकै लोकप्रिय बन्दै गएको छ भने गजलले युवादेखि बृद्धसम्म र कविदेखि आख्यानकारसम्मकालाई मोहनी लगाउन थालेको छ ।